Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

सोमबार, असोज १४, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बुद्ध एयरसँग सम्झौता गरेको छ।

सम्झौतामा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका डेबिट र क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउनेछन्।

आफ्ना ग्राहक र ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्