Nic Ad Nic Ad
Nic Ad Nic Ad

दाउन्नेमा सडक भासियो, हाइटेन्सन लाइनको पोल ढल्यो, सडक अवरुद्ध

सोमबार, असोज १४, २०८१

काठमाडौ - पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध भएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको हो। सडककिनाराको ‘रिर्टनिङ वाल’ पनि चर्किएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले करिब एक फिट सडक भासिएको जानकारी दिए। उनले विद्युतको हाइटेन्सन लाइनको एउटा ठुलो पोल पनि सडकतर्फ ढलेको पनि बताए। 

साँझ सवा ५ बजेतिरबाट सडक अवरुद्ध भएको हो। बाटो खुलाउन सडक डिभिजन र विद्युत् कार्यालयसँग समन्वय भइरहेको डिएसपी बोहोराले बताए। 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्