Nic Ad Nic Ad
Nic Ad Nic Ad

घुस रकमसहित अमिन चौलागाई अख्तियारको नियन्त्रणमा

सोमबार, असोज १४, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले सोमबार तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । उक्त रकम र श्रोत नखुलेको चौतीस हजार रुपैयाँसहित चौलागाईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्