Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी-पहिरो पीडितलाई भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङले दिए एक करोड

सोमबार, असोज १४, २०८१

काठमाडौँ - भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के लगत्तै सोमबार व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भएको र उनीहरूले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिएको बताएका छन् ।
 

उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको भन्दै प्रधानमन्त्रीले गुरुङको परिवारलाई धन्यवादसहित सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्