Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

मंगलबार, असोज १५, २०८१

काठमाडौं -सरकारले बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।

बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्