Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडामाथि ओमानको ८ विकेटको जित

मंगलबार, असोज १५, २०८१

काठमाडौं- जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।

योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

अब आज सिरिजको अर्को खेलमा नेपाल र क्यानडा खेल्दै छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्