जडिबुटीमा जुवातास खेलिरहेका ७ जना पक्राउ
काठमाडौँ- काठमाडौँ महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । होटेलका सञ्चालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १२:३५
प्रतिक्रिया दिनुहोस्