हवाई उडान सर्वसुलभ बनाउन नेविसंघको माग
काठमाडौँ- सत्ता साझेदार दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समझ ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
मंगलबार मन्त्रालयमा पुगेर ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बताए । आफूहरूले बाढी पहिरोका कारण मुख्य राजमार्ग एवं सडक मार्ग समेत अवरुद्ध भएको अवस्था र चाडपर्वलाई मध्यनजर गर्दै आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने गरे भएको निर्णयलाई निरन्तरता दिन माग गरिएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १३:२३
प्रतिक्रिया दिनुहोस्