Nic Ad Nic Ad
Nic Ad Nic Ad

बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने

मंगलबार, असोज १५, २०८१

काठमाडौँ- महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड आज (मङ्गलवार) रातभर पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सडक मर्मत गरी सहज रूपमा यातायात सञ्चालनमा ल्याउनका लागि मङ्गलवार रातभर सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जनाएको छ । प्रशासन कार्यालयले आज एक सूचना प्रकाशित गरी १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको हो ।

बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ । सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मङ्गलवार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो ।

बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ भने करिब ४ सय मिटर सडक भासिएको छ । सडक भासिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्