Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागढुंगा–झ्याप्ले सडक खण्ड बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आवागमन बन्द रहने

मंगलबार, असोज १५, २०८१

काठमाडौ - काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सडक खण्ड मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी आवातजावात बन्द गरिएको छ । 

एकतर्फी मात्रै सवारी चलिरहेको सो सडक खण्डमा अहिले मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पहिरो पन्छाउन लागिएको हो । पहिरो पन्छाएर दुईतर्फी नै सडक सञ्चालनका लागि सवारी रोकिएको प्रहरीले जनाएको छ । 

झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर गत शुक्रबार राति ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्