Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुगर ड्याडीको सनसनी बयानः विशाल पोडेले केटी लगाएर फसाउँछु भन्यो अनि डाँमे (बयानसहित)

मंगलबार, असोज १५, २०८१

काठमाडौं– विभिन्न व्यक्तिलाई अनेक प्रकारको यातना दिने सुगर ड्याडी भनिने आशिश देउलाको बयान सार्वजनिक भएको छ। 

प्रहरीले अनुसन्धानसहित प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगसहितको मुद्दा अदालतमा दायर गरेको छ। 

देउलाले पुरानो झगडाको विषयमा आफूले विशाल पोडे भन्ने व्यक्तिलाई डामेको बताएका छन्। डाम्नुको कारणचाहिँ आफूलाई केटी लगाएर

फसाइदिने धम्की दिनु प्रमुख कारण रहेको देउलाले खुलाएका छन्। 

बुढानिलकण्ठ–१ बाट पक्राउ गरिएका देउलाको बयान यस्तो छ। 

बयान
जाहेरवाला विशाल पोडेसँग  विगत ५–६ महिना अगाडिदेखि चिनजान भएको हो । उसलाई मैले नाइट क्लबमा जानेक्रममा निजको भाइ नेहाल पोडे मार्फत विगत चिनेको हुँ । चिनजानपछि निजले मलाई फोन गरी एक्कासि अपशब्द प्रयोग गरी गाली गलौच गरी मलाई काठमाडौँ ठमेलमा रहेको सुगर क्लब मुनी बोलाई १०–१२ जना अन्य व्यक्तिहरू समेत भेला जम्मा पारी मलाइ कुट्ने तयारी गरेका रहेछन् । म सो ठाउँमा पुग्नासाथ निजहरूले मलाई कुट्न लागेको र सोही अवस्थामा उक्त क्लबमा रहेका बाउन्सर समेतलाई खबर गरी प्रहरी टोली समेत आई सकेपछि निजहरू सो ठाउँबाट भागी गएका थिए । पछि निज विशाल पोडेले मलाई पुन फोन गरी गाली गलौच गर्ने, धम्क्याउने जस्तो कार्य गरेको र तँलाई केटीको केस लगाई फसाई दिन्छु भनी धम्क्याउने गरेको थियो । हामी सबै मिली निज विशाल पोडे र निजको साथी निमा भन्ने व्यक्तिलाई सम्झाई बुझाई यसरी अब यसरी फोनमा कुराकानी नगर्ने र धम्क्याउने भनी हामी सबै भई मौखिक सहमति समेत गरेर कुरा टुङ्ग्याइ सकेका थियौँ । 

निजहरूसँग कुरा टुङ्ग्याइ  सकेको भएता पनि निज विशाल पोडेले  मेरो बिरामी भएको भतिजलाई विगत १५ दिन अगाडितिर खुकुरी लिएर हान्न गएको भन्ने खबर मैले सुनेको हुँदा निज जाहेरवालाको भाइले नेहाल पोडेलाई बोलाई तिम्रो दाइलाई राम्रोसँग सम्झाइदेऊ, तिमी पनि झगडा नगर भनी निजलाई समेत सम्झाइ बुझाई गरेका थियौँ । त्यसको भोलिपल्ट निज विशाल पोडेलाई लगनमा रहेको जात्रामा बोलाई निजको मामाघरमा लगी कुरा गर्ने क्रममा निजको र हामी बिचमा हात हालाहालको अवस्था भएको कारण म लगायत म सँग गएका सुबेल पुजारी, ओजस्वी तामाङ र विशाल पोडेको साथी समेत भई निजलाई पाइप जोड्न प्रयोग गर्ने फलामको आइरन तताई ढाडमा डामेको हो । 

मैले निजलाई जबरजस्ती गाडीमा राखेको छैन । म आफूले गाडी चलाएको र म सँगै गएका ओजस्वी तामाङ र निज जाहेरवाला तथा निजको साथी सुबेल पुजारी सँगै भएको हुँदा मैले निज विशाल पोडेलाई मेरो भतिज नाताको मानिसलाई किन खुकुरी हान्न लागेको भन्ने विषयमा कुरा गर्न तिम्रो आमालाई पनि कुरा गर नत्र तिम्रो  घरमा जाऊँ, नभए प्रहरी कार्यालयमा जाऊँ भन्दा निजले घरमा जाँदा अमालाई नराम्रो हुन्छ, मेरो मामाको घर नजिकै छ, त्यहीँ जाऊँ भनी मलाई भनेको हुँदा मैले गाडी चलाई निज पछाडि बसी निजले भने निजको मामा भन्ने मानिसको घरमा गएका हौँ । जाँदा निजलाई कुनै प्रकारको डर त्रास तथा धम्की केही दिएको छैन, निज राजी खुसी साथ हाम्रो साथ लागि गएका हुन् । मैले निजलाई मेरो आफन्तको घरमा लगेको होइन । निजले मेरो मामाको घरमा जाऊँ भनेको हुँदा निजले भने अनुसार निजको मामाको घरमा गएका हौँ । सो घरमा गएपछि निज विशाल पोडे, यकिन नाम थर वतन थाहा नभएको निजको साथी, निजले साथी भनेर बोलाउनले गरेको सुबेल पुजारी, म, ओजस्वी तामाङ र निजको मामा भन्ने घर धनी समेत कोठामा भएको अवस्थामा निज खाटमा बसेको र पछि मैले निजलाई तैले लगाएका लुगा खोल भनी धम्कीपूर्ण भाषा प्रयोग गरी मैले भनेको हुँदा निजले आफूले लगाएको माथिको लुगा खोलेको हुँदा मैले पाइप जोड्नको लागि प्रयोगमा ल्याउने गरेको फलामको अइरन तताई ज्यान मार्ने उद्देश्यले निजको ढाडमा डामेको हुँ । 

निजलाई कोठामा लगिसकेपछि मेरो भतिज पर्ने केटालाई निज समेत मिलि खुकुरी हानेको र पुन अर्काे भतिजलाई  समेत खुकुरी हान्ने कुरा गरेको भन्ने मैले थाहा पाएको हुँदा के कति कारणले खुकुरी हानेको हो भनी निजलाई सोधेको थिएँ, निजले सो विषयमा केही नबताएको कारण मैले निजलाई खाटबाट भुईँमा बस्न लगाई लुगा समेत खोल भनेको र सोही समयमा को कसले मलाई फलामको आइरन तताएर ल्याइ दिएको हुँदा सोही आइरनले मैले निजलाई ज्यान मार्ने उद्देश्यले डामेको हो । निजलाई मैले फलामको अइरनले ४ पटक सम्म डामेको याद छ, सो बाहेक अन्य कसले कति पटक डामेका हुन मलाई याद भएन् । मैले निजलाई फलामको तातो आइरनले डाम्दा घर धनी सोही कोठा भित्र थिए । निज विशाल पोडेको पहिले अन्य केटाहरूसँग समेत झगडा परेको रहेछ, सोही विषयमा निजसँग कुरा गरी रहेको थिए, अन्य कुनै भूमिका छैन । 

मैले निज विशाल पोडेलाई डाम्नको लागि प्रयोगमा ल्याएको आइरन प्रहरीले मेरो घरबाट बरामदी मुचुल्कामा उल्लेख गरी बरामद गरी ल्याएको छ । उक्त बरामदी मुचुल्कामा बरामद गरिएका चिज वस्तुहरु लेखिएको ठाउँको सिनं २ मा उल्लेखित पाइप हिटर थान १ लेखिएको फलामको आइरनले नै निजलाई डामेको हुँ । बरामद गरिएको क्वाइलको भागमा पहेलो रङ भएको बिजुलीबाट तताउन मिल्ने इलेक्ट्रिक आइरनले नै निजलाई डामेको हो । डामी सकेपछि मैले घर लगिदिऊँ भन्दा निजले पर्दैन आफैँ जान्छु भनेका हुँदा निजलाई सोही घर नजिकै रहेको बाटोमा छाडेर हामी मेरो गाडीमा फर्किएका हौँ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्