नेभिगेशन
सुरक्षा–अपराध

एक लाख धरौटी तिरेर छुट्ने भए दुर्गा प्रसाई, अदालतले दियो यस्तो आदेश

काठमाडौं– विवादीत व्यावसायी दुर्गा प्रसाई एक लाख रुपैंया धरौटी बुझाएर निस्कने भएका छन्। साइबर अपराधमा पक्राउ परेका प्रसाईलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०÷५० हजार रूपैयाँ धरौटी मागेको हो। 

प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौला र अर्का एक जनाले प्रसाईविरुद्ध उजुरी दिएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध