नेभिगेशन
समाज विविध

बाढीपहिरोबाट १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान

काठमाडौँ – सरकारले दुई दिनभित्र विपद् प्रभावित व्यक्तिहरुको खोज तथा उद्धार कार्य सम्पन्न गरिसक्ने जनाएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।

त्यसैगरी बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य यथाशीघ्र सम्पन्न गर्ने पनि विज्ञप्तिमा समावेश गरिएको मुख्यसचिव अर्यालले बताए।

उनले भने, ‘बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको छ। उक्त कार्यलाई यथाशीघ्र सम्पन्न गरिनेछ। विपद् प्रभावित व्यक्तिहरुको खोज, उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ।’

त्यसैगरी सरकारले सो विपद्का कारण करिब १७ अर्ब क्षतिको अनुमान पनि गरेको छ। मुख्य सचिव अर्यालले हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्व ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिंचाइ पूर्वाधारतर्फ १ अर्ब, कृषि तथा पशुपंक्षीतर्फ ६ अर्वको क्षति भएको अनुमान गरिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित