Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानी क्रिकेट टिमको कप्तान बाबर आजमले दिए राजीनामा

बुधबार, असोज १६, २०८१

काठमाडौँ -  बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन्। बाजर आजमले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराएका हुन्। 

आफ्नो पोस्टमा उनले आफ्नो कप्तानी अनुभवलाई अद्भुत भनेका छन्। उनले आफ्ना फ्यानहरूलाई धन्यवाद पनि दिएका छन्। बाबर आजमले सामाजिक सञ्जालमा लेखेका छन्- फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दै छु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु।

उनले अगाडि लेखेका छन्- टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ। आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उल्लेख गर्नाका साथै आफ्नो परिवारसँग समय बिताउने पनि बताएका छन्। उनले लेखेका छन्- तपाईंको समर्थन र ममाथिको विश्वासका लागि म आभारी छु। तपाईंको उत्साह मेरा लागि केही अर्थ छ। उनले थपेका छन्- हामीले मिलेर जे हासिल गर्‍यौँ, त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान जारी राख्न तत्पर छु। 

बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको थियो । भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रहेको थियो ।

77-1727844904.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्