Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा बजारमा खोया खाएका रवि लामिछानेले इच्छाकामनामा कस्तो व्यवाहार पाउलान्?

बुधबार, असोज १६, २०८१

चितवन– पोखरा बजारमा भाषणका क्रममा खोया प्रहारको नुनिलो अनुभव गरेका रास्वपा सभापति रवि लामिछानेले निर्वाचन क्षेत्रको सार्वजनिक सुनुवाईको तेस्रो संस्करण सहरी भेगमा गर्न सकेनन्। 

त्यसैले उनले कम मतदाता रहेको पहाडी भाग रहेको इच्छाकामना गाउँपालिकाको रास्वपा सुरक्षित क्षेत्र रोजेका छन्। असोज १८ गतेका लागि तोकिएको कार्यक्रम स्थगन पनि हुन सक्ने सम्भावना रहेको छ। यद्यपि, त्यसलाई जसरी पनि पूरा गर्ने दाउमा लामिछाने छन्। 

रास्वपा स्रोतका अनुसार नारायणगढमा आक्रमण हुन सक्ने, सहकारी पीडितले बिरोध गर्न सक्ने भएकाले लामिछानेले सार्वजनिक सुनुवाई ग्रामिण भेग इच्छाकामना गाउँपालिकामा राखेका हुन्। 

स्रोत भन्छ,‘गाउँमा नेता जाँदा जोखिम कम हुन्छ। मान्छे कम हुन्छन्। सुरक्षा बलियो हुन्छ। त्यहि भएर नियमित भनिए पनि योजना गरेर रविले कार्यक्रम त्यहिँ राखेका हुन्। उनलाई नारायणगढ, रामनगरलगायतका स्थानमा जोखिम छ।’

सोही गाउँपालिकामा मत माग्न जाँदा लामिछानेले बिमती राख्ने एक मतदाताको पसलमा विस्कुट कुच्याएका थिए। प्रश्न गर्दा नै आवेगमा आउने लामिछानेले कसरी त्यो सुनुवाई पूरा गर्लान् हेर्न बाँकी छ। 

गत निर्वाचन र उपनिर्वाचनमा चितवनमा लामिछानेलाई कम मत आएको पालिका नै इच्छाकामना थियो।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्