Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली–विद्या केमिस्ट्रीः अमेरिकाबाट फर्किएको पर्सीपल्ट चपली

बुधबार, असोज १६, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बुधबार चपली पुगेका छन्। 

अमेरिका भ्रमणबाट फर्किएको पर्सीपल्ट ओली भण्डारीलाई भेट्न पुगेका हुन्। 

सोमबार अबेर काठमाडौं उत्रिएका ओली बुधबार दिनभर बाढी पहिरोको क्षतिलगायतका विषयमा बुझ्न व्यस्त भएर भ्याएनन् यसैले विहीबार बिहानै चपली पुगेको स्रोतले जनायो। 

ओली र भण्डारीको गज्जबको केमिस्ट्री भने दुई पटक सदन विघटन र प्रधानमन्त्री दाबी पेशका लागि गरिएको निर्णयमा देखिएको थियो। 

यति मात्र होइन भण्डारीले पछिल्लो पटक एमाले बलियो शक्ति हुनुपर्छ भन्ने बताएर पार्टी राजनीतिको वकालत गरेकी थिइन्। 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार