Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाडपर्वलक्षित बजार अनुगमन सुरु

बुधबार, असोज १६, २०८१

काठमाडौं सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । 

बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ-सात वर्षदेखि मोबाइल भ्यानहरू त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ ।’

मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्