Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी–२० अलराउन्डर बरियतामा ऐरी विश्वको दोस्रो, भारतका पाण्डेया ५ कदम तल

बुधबार, असोज १६, २०८१

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर दिपेन्द्रसिंह ऐरी टी–२० तर्फ विश्वकै दोस्रो बरियताका अलराउन्डर बन्न सफल भएका छन्।

आईसिसीले हालै सार्वजनिक गरेको टी–२० आईको अलराउन्डर खेलाडीको सूचीमा ऐरी दोस्रो नम्बरमा उक्लिएका हुन् । 

२३० रेटिङ् पाएका ऐरि एकै पटक ४ स्थान उक्लिदै दोस्रो नम्बरमा पुगेका हुन्। पहिलो नम्बरमा बेलायतका उत्कृष्ट अलराउन्डर लियाङ् लिभिङ्स्टोन छन्।  लिभिङ्स्टोनको रेटिङ् भने २५३ रहेको छ।

नेपाली खेलाडी यति माथिसम्म पुगेको यो नै पहिलो पटक हो। यो भन्दा पहिला पनि दिपेन्द्र सिंह ऐरिले विश्वका धुरन्दर खेलाडीहरुलाई पछी पार्दै आईरहेका थिए।

अलराउन्डरमा भारतीय खेलाडी हार्दिक पाण्डेया भने ऐरी भन्दा ५ कदम तल ७औं नम्बरमा छन्। 

नेपाली टोली हाल क्यानडामा घरेलु टोली र ओमानविरुद्ध टी–२० आई खेलिराखेको छ। ब्याटिङ् ठिकठाक गरिरहेका ऐरीले बलिङ् भने निकै उत्कृष्ट गरिरहेका छन्।

दिपेन्द्रपछि तेस्रोमा अस्ट्रेलियाका मार्कस स्टोईनिस छन्। जसलाई पक्षाईरहेका छन् जिम्बावेका सिकन्दर राजाले। 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्