Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिला भारतमा लुटपाट, अहिले हत्याका लागि हनिट्रयापः मनिषाको अनौठो आपराधिक कहानी 

बुधबार, असोज १६, २०८१

काठमाडौं– भारतमा लुटपाटमा संलग्न रहेकी सिन्धुपाल्चोककी मनिषा महतको आपराधिक कहानी अनौठो प्रकारको भेटिएको छ। 

कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेपछि यो कहानीको खुलासा हुन्छ। 

प्रहरीका अनुसार यो समूहले किर्तिपुरका ५० बर्षिय खड्गीलाई ‘हनीट्रयाप’मा पारेर ५ लाख असुलेपछि हत्या गरिदिए। 

काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलोमा शव भेटिएको थियो। बेपत्ता खड्गीलाई खोजिदिन परिवारले उजुरी गरेपछि उनको शव भेटिएको थियो। 

अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महतले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेको क्रिमिनल रेकर्ड फेला परेको छ।

अंसु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुले अपराध खुलेको हो।

प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेश असोज ४ गते भेला भई यस्तो योजना बनाए। यो योजना राधेराधेमा बन्यो। मनिषाले असोज ५ गते विहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुप¥यो भन्दै बोलाइन्। साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाए। त्यही क्रममा खुर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गरेको बताइएको छ। 

३० लाख बार्गेनिङ गरे पनि १० लाखको कुरा चल्दा बिनोदले ५ लाख रकम दिएको अनुसन्धानमा खुल्छ। 

विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुल्याइदिन्छन्। योजनाअनुसार उनीहरुले घाइते विनोदलाई उनकै गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुण्डु जाने सडकमा गाडीभित्र छातीमा ढुङ्गाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ। 

हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा  अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर अभियुक्त भक्तपुर फर्किएका थिए। 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्