Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बेहुली फ्रम मेघौली’ बन्यो इतिहासमै सबैभन्दा धेरै शो पाउने सिनेमा 

बुधबार, असोज १६, २०८१

काठमाडौं- असोज १७ ९भोलि०बाट प्रदर्शनमा आउने सिनेमा ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै हालसम्मै सबैभनदा धेरै शो पाउने सिनेमा बनेको छ ।  वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिएका छन् । 

काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो । अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका सिनेमा रिलिज हुँदा पनि यति धेरै शो नपाएको उनको भनाइ छ । 
स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रमा लगानी उनीहरुकै छ । सजन काफ्ले र आकाश बरालको सिनेमामा लेखन तथा निर्देशन रहेको छ । 

निश्चल र स्वस्तिमासँगै सिनेमामा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ । सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ । 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा  अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी छ । 

जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्