विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम गर्न लागेको हो । दसैँ तिहारको बिचमा र जाडो बिदामा महानगरभित्रका ८ वटा स्रोत विद्यालयहरूमा एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो ।
यसका लागि स्रोत केन्द्रका स्रोत शिक्षकहरूसँग समन्वय गरेर आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म कक्षा १० का विद्यार्थीलाई उक्त शिविरमा सहभागी गराउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १६:४८
प्रतिक्रिया दिनुहोस्