प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदरवारमा आज बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदे कार्य योजना प्रस्तुत गरेका थिए । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदै छ ।
न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १९:१०
प्रतिक्रिया दिनुहोस्