उमेर हदका कारण सर्वोच्चबाट बिदा भए प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ- आफ्नो ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्च अदालतबाट बिदा भएका छन्।
उमेर हदका कारण असोज २० गते अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरूमा घटनास्थापनादेखि नै बिदा हुने भएकाले श्रेष्ठलाई आजदेखि बिदा भएका हुन् । उनलाई सर्वोच्चका न्यायाधीश तथा कर्मचारीहरूले विशेष कार्यक्रम गरी बिदाइ गरेका थिए।
गत वर्षको भदौ ४ गते प्रधानन्यायाधीशमा नियुक्त भएका उनले १३ महिनाभन्दा केही बढी न्यायपालिकाको नेतृत्व गरे। उनले ४२ वर्षभन्दा बढी समय न्याय सेवामा बिताए। २०३८ चैत २७ गते कानुन मन्त्रालयको अस्थायी अधिकृतबाट सेवा प्रवेश गरेका उनी जिल्ला न्यायाधीश, तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएका हुन्।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १९:३७
प्रतिक्रिया दिनुहोस्