पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा एयर एसीया अवतरण गराउन अध्ययन
काठमाडौं– पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा एयर एसीया अवतरण गराउन अध्ययन टोली सक्रिय भएको छ। थाई एयरका प्रमुख कार्यकारी अधिकृत शान्तिसुकसहितको टोली विहीबार भैरहवा प्रस्थान गरेका छन्।
नेपालमा एयर एसीयाको व्यावसायीक उडानका सन्दर्भमा बुधबार पत्रकार सम्मेलन गरिएको थियो। सस्तो उडानका रुपमा सुरुआत गरिएको छ।
काठमाडौंदेखि थाइल्यान्डको उडान सुरु गरिएको अवसरमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एयर एसीयाले पोखरा र भैरहवामा पनि उडान गर्ने प्रतिवद्धता जनाएको बताएका थिए।
बैंककबाट १३० स्थानमा व्यावसायीक उडान गरिरहेको एयर एसीया काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पोखरा र भैरहवाका लागि पनि तयार भएको छ।
लुम्बिनीलाई लक्षित गरी भैरहवा र पर्यटकीय राजधानी पोखरालाई उसले रोजेको मन्त्री पाण्डेले जानकारी दिए।
सोही उडानको स्थितिको सबै कोणको अध्ययनका लागि एयर एसीयाका सीईओ शान्तिसुकसहितको नेपाली टोली भैरहवाको अध्ययनका लागि विहीबार निस्किएको र पोखरा पनि जाने बताइएको छ।