परिवारसहित थिम्पु उडे राजा ज्ञानेन्द्र, हिमानी छुटिन्
काठमाडौं– नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह भुटानी राजपरिवारको निम्तो मान्न थिम्पु उडेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार बिहान ज्ञानेन्द्र परिवारका सदस्यसहित भुटानको राजधानी उडेका हुन्।
आइतबार काठमाडौं फर्किने ज्ञानेन्द्रका साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन्।
यस पटक उनको भ्रमणमा बुहारी हिमानी भने छुटेकी छन्। निर्मल निवासले यसलाई निजी भ्रमण भनेका कारण अन्य जानकारी दिएको छैन।
अन्य समयमा बुहारी तथा अन्तिम युवराज्ञी हिमानी शाह र वडामहारानी कोमल शाहसमेत ज्ञानेन्द्रका साथमा विदेश यात्रामा हुने गरेकी थिइन्।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्