Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

बिहीबार, असोज १७, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 बुधबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्