गर्भवतीको हेलिकप्टरबाट उद्धार
बाजुरा– जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्