Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैं मनाउन मलेसियाबाट फर्केको, गोप्य तस्बिर शेयर गरेको अभियोगमा प्रहरीले समात्यो

बिहीबार, असोज १७, २०८१

काठमाडौं– वैदेशिक रोजगारी शिशिलामा मलेसियामा रहँदा एक युवतीसँग गोप्य तस्बिर शेयर गरेका एक जनालाई प्रहरीको साइबर ब्युरोले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–५ का २९ बर्षिय खगेन्द्र ऐरीलाई विमानस्थलबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

फेसबुक म्यासेन्जरमा साथी बनी एक युवतीसँग गोप्य तस्बिर साटासाट गरेका ऐरीले फेक आईडी बनाई अन्यलाई पनि पठाएपछि साइबर ब्युरोमा उजुरी परेको थियो। 

यसपछि इन्टरपोलमा रेड नोटिस जारी गरेको प्रहरीले दशैं मनाउनका लागि विदेशबाट फर्किने क्रममा विमानस्थलमा ऐरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको छ। 

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही थालिएको र अदालतमा म्याद थप गरिएको साइबर ब्युरोले जानकारी दिएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्