Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीमा अझै सक्रिय छ रवि लामिछानेको ‘कोर’ समूह? शंकाको सुविधा जीउँदै छ

बिहीबार, असोज १७, २०८१

काठमाडौं– नेपाल प्रहरी संगठनबाट उमेर हदका कारण अतिरिक्त महानिरिक्षक (एआईजी) पदबाट नै घर फर्किन बाध्य भए– श्यामलाल ज्ञवाली। 

सत्ता समीकरण परिवर्तन हुनासाथ ज्ञवालीले चलाएको भित्री समूहका मानिने नायव महानिरिक्षक (डीआईजी) मनोज केसीको विशेष ब्युरोबाट सरुवा भयो। 

यसबाहेक केही एसपी र डीएसपीहरू पनि ज्ञवालीले आफ्नो कोर टिममा राखेका थिए। 

साप्ताहिक जनआस्थाका अनलाइन संस्करणका अनुसार  अहिले पनि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने निकट रहेको कोर समूह सक्रिय रहेको छ। 

एसपी अंगुर जिसी र मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा (बढुवा) हेर्ने नायब उपरिक्षक (डिएसपी) जयश्वर रिमाल लामिछानेको कोर समूह रहेको दाबी गरिन्छ। निर्मला पन्त प्रकरणबाटै रविसँग नजिक भएका जिसीकै सल्लाहमा रिमाल मानवश्रोत शाखामा गएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको नातेदार हुँ भन्ने जयश्वरसहित लामिछाने गृहमन्त्री भएको बेला प्रहरीमा गठित कोर समूहका कमाण्डर थिए, तत्कालीन अतिरिक्त एआइजी ज्ञवाली। अपराध अनुसन्धानका एसपी अंगुर जिसीसँगै सीआइबीका एकजना एसपी, डिएसपी दिपेश बस्याल रविको कोर समूहभित्र रहेको दाबी छ।

यसमा विविध कोणबाट व्याख्या गरे पनि जिसीका हकमा भने शंकाको सुविधा रहेको पनि टिप्पणी हुन्छन्। बहुचर्चित र गिजोलिएको निर्मला पन्त प्रकरणमा तत्कालिन प्रहरी प्रमुख सर्वेन्द्र खनालले जिसीलाई निलम्बन गरेका थिए। 

त्यसबेला जिसी सीआईबीमा थिए। उनको चर्को बिरोध र अनुसन्धान गिजोलेको भनी विवाद आउँदा तत्कालिन सञ्चारकर्मी लामिछानेले जिसीलाई चर्चामा ल्याउने भूमिका निर्वाह गरे। लामिछानेले ‘न्युज २४ को सिधा कुरा जनतासँग’मा अप्रत्यासित रुपमा जिसीलाई बोल्न लगाएका थिए। 

प्रहरी उच्च स्रोतका अनुसार कुनै नेता विशेषको कोर टिम हुने भन्ने भन्दा पनि संगठनको सीमाभित्र प्रहरी अधिकारी रहनुपर्छ। 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्