Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरले फेरि सडकमा चलायो डोजर, कारण यस्तो छ

बिहीबार, असोज १७, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीमा आवागमन अवरोध हुने गरी राखिएको निर्माण सामाग्री हटाएको छ । 

बिहिवार महानगरको वडा नम्वर २६ नरसिंह चोक नजिक सडक र सडकपेटीमा पैदल यात्री र सवारी आवागमन रोकिने गरी थुपारिएको निर्माण सामग्री हटाइएको छ । 

यस अघि नै महानगरपालिकाले निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरेको हकमा पटके जरिवाना सहित सार्वजनिक सूचना जारी गरेको छ । 
काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८१ को अनुसूची १६ मा निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरेको हकमा पटके जरिवाना तोकिएको छ। त्यसैले  निर्माण कार्य गर्दा तोकिएको मापदण्ड तथा कानुनको पूर्ण पालना हुनेगरी मात्र गर्न गराउन  सबै निर्माण व्यवसायीर सर्वसाधारणलाई  काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्