खुर्कोट निस्किने वीपी राजमार्ग दशैंअघि नखुल्ने, विकल्पमा दक्षिणकाली–हेटौंडा–भिमानको ट्रयाक
काठमाडौं– काभ्रेको धुलिखेल हुँदै खुर्कोट निस्किने वीपी राजमार्ग दशैंअघि नखुल्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार १२ किलोमिटर भत्किएको सडकलाई दशैंअघि मर्मत मात्र नभएर अस्थायी रुपमा समेत खुलाउन नसकिने निचोड निकालिएको बताए।
नेपाली सेनासहित मन्त्रालय र प्राविधिक टोली बुधबार सडक खुलाउने विषयमा अनुगमनका लागि हेलिकोप्टरमा पुगेको थियो।
असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीले सडक बगाएको थियो। पहाडसम्म नै खोलाले भत्काएका कारण त्यो तत्काल सम्भव हुने अवस्थामा नरहेको सचिव शर्माले जानकारी दिएका हुन्।
यसको विकल्पमा दक्षिणकालीदेखि हेटौंडा र भिमानसम्मको बाटो खुलाउने विषयमा अध्ययन भइरहेको र त्यसलाई सहजीकरण गर्ने तयारी भएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ १६:३९
प्रतिक्रिया दिनुहोस्