Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी-पहिरो पीडितलाई राहत र व्यवस्थापन गर्न अखिल क्रान्तिकारीको माग

बिहीबार, असोज १७, २०८१

काठमाडौँ- अखिल क्रान्तिकारीले बाढी-पहिरो पीडितहरूलाई तत्काल राहत र व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

सङ्गठनले प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी क्षति न्यूनीकरण, बेपत्ताहरूको खोजी कार्य, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था र विस्थापितलाई पुनर्स्थापित गर्न समेत माग गरेको छ ।

यस्तै सङ्गठनका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता तथा कार्यकर्तालाई राहत, उद्धार र पुनर्स्थापनाका लागि तीव्र रूपमा जुट्न सङ्गठनले आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्