नयाँ बस पार्कमा नक्कली टिकेटको बिगबिगी, पाण्डे पक्राउ
काठमाडौं- दशैको मौकामा विपदको समयमा जिल्ला जाने यात्रुलाई ठग्ने नक्कली बस टिकेट बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३२ वर्षीय यज्ञराज पाण्डे रहेका छन् । काठमाडौं महानगरपालिका २६ गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिक अवैधानिक रूपमा नक्कल टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली टिकटको ठेली सहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ २०:०३
प्रतिक्रिया दिनुहोस्