अन्तिम राजा ज्ञानेन्द्रले विजया दशमीका दिन ४ बजेदेखि निर्मल निवासमा टीका लगाईदिने
काठमाडौँ - अन्तिम राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
संवाद सचिवालयले दिएको जानकारी अनुसार अन्तिम राजा शाह र अन्तिम रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् ।
अन्तिम राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ ०६:५२
प्रतिक्रिया दिनुहोस्