बाढीका दिन मोटरसाइकलसहित बालाजुबाट बगेका युवाको शव फर्पिङमा क्षतविक्षत भेटियो
काठमाडौं– अबिरल बर्षाका कारण बागमती नदीमा असोज ११ गते मोटरसाइकलसहित बगेर बेपत्ता भएका युवाको शव फर्पिङमा फेला परेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख किरण बज्राचार्यका अनुसार नागार्जुन–१ बस्ने १९ बर्षिय राजन श्रेष्ठको शव दक्षिणकाली नगरपाकालिका–८ मखुबेसीस्थित बागमती नदीमा फेला परेको हो।
फर्पिङ प्रहरीले उक्त शव फेला पारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परिक्षणका लागि पठाएको थियो। उक्त शवको पहिचान आफन्त सरोज श्रेष्ठले गरेका हुन्।
‘घोप्टो परेको अवस्थामा शव फेला परेको थियो’, फर्पिङ प्रहरीले भन्यो,‘शवसँगै बाप्र ०२–२९७३ नम्बरको मोटरसाइकल पनि फेला परेको छ।’
मृतक श्रेष्ठ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ रानी बन पानी ट्याङ्कीका स्थानीय वासिन्दा हुन्। उनको शव बुधबार दिउँसो १२ बजे फेला परेको थियो।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ १०:११
प्रतिक्रिया दिनुहोस्