बाढीपहिरोबाट काभ्रेमा मात्रै ७२ जनाको मृत्यु
काठमाडौं - काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको जानाकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहानसम्म अझै ५ जना अझै बेपत्ता रहेका छन् । काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पनौती नगरपालिकामा १८, बेथानचोक गाउँपालिकामा १२, तेमाल गाउँपालिकामा १२, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ७, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् । जसमा १४ जना बालबालिका रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ १०:५५
प्रतिक्रिया दिनुहोस्