नेभिगेशन
समाज विविध

सिन्धुलीको भिमानमा माइक्रो दुर्घटना, ६ जना घाइते

काठमाडौं– काठमाडौंबाट बिराटनगर हिँडेको यात्रुबाहक माइक्रोबस सिन्धुली जिल्लाको भिमानमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार १५ जना सवार रहेको माइक्रोबस सामान्य दुर्घटना भएको हो। 

दक्षिणकाली हेटौंडा हुँदै बिराटनगरका लागि हिँडेको माइक्रोबस दुर्घटनामा घाइतेलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको एसपी काफ्लेले क्यानडानेपाललाई जानकारी दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता