सुनको मूल्यमा नयाँ रेकर्ड , तोलको १ लाख ६१ हजार कट्यो ?
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्