Nic Ad Nic Ad
Nic Ad Nic Ad

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ - मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । 

‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे  छलफल र निर्णय हुनसक्छ ।’

सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्