नेभिगेशन
राजनीति

धवलमाथि लिङ्देनको आन्तरिक ‘कू’, लोहनी बिच्किए

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्लो निर्णयमा डा. प्रकाशचन्द्र लोहनी क्रुद्ध बनेका छन्। 

लिङ्देनले महामन्त्री धवल शमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारी हटाएर आन्तरिक ‘कू’ गरेको भन्दै संस्थापक मध्यका लोहनी बिच्किएका हुन्। 

राप्रपामा धवलले लिङ्देनलाई काउन्टर दिँदै आएका थिए। संगठन विभाग प्रमुखले नै काउन्टर दिन थालेपछि लिङ्देन यो निर्णयमा पुगेका हुन्। 

नेताहरूको विभागीय जिम्मेवारी हेरफेरका क्रममा लिङ्दनेको कदम गलत भएको लोहनीको भनाई रहेको छ। 

धवल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुन् भने लिङ्देनका लागि चुनौती पनि मानिएका हुन्। 

यता, बरिष्ठ उपाध्यक्ष रहेका रविन्द्र मिश्रलाई भने राजनीतिक विभागको प्रमुख बनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति