Nic Ad Nic Ad
Nic Ad Nic Ad

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाडौंमा हुने

शुक्रबार, असोज १८, २०८१

काठमाडौं छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै नेपालको जनसङ्ख्या र विकासको भविष्यका लागि छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मंसिर १२ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने जनाएको हो ।

वर्तमान जनसाङ्ख्यिक सङ्क्रमण र जनसङ्ख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरेको विभागले जनाएको छ । 

विभागका प्रमुख एवं आयोजक समिति संयोजक प्रा.डा योगेन्द्र बहादुर गुरुङले सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसाङ्ख्यिक समस्या, पहिचान र सुझावसहितको नीतिनिर्मातालाई भविष्यको जनसङ्ख्यासम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्