Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोका कारण भत्किएको वीपी राजमार्गबाहेक सबै सडक तीन दिनभित्र पूर्ण सञ्चालनमा

शुक्रबार, असोज १८, २०८१

काठमाडौं– १२ किलोमिटर भत्किएको वीपी राजमार्गबाहेक तीन दिनभित्र सबै सडक पूर्ण (दुईतर्फी) सञ्चालनमा आउने भएको छ। 

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा शुक्रबार भौतिक निर्माण र यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो बताएका हुन्। 

सोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए। 

सचिव शर्माले बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरो गएको र ७७४ स्थानको पहिरो हटाइएको जानकारी गराए।

वीपी राजमार्गबाट काभ्रेका विभिन्न स्थान, सिन्धुली, रामेछापलगायत पूर्वी नेपालका गन्तब्य जान सहज हुने गरेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्