Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिल्मका अंश र डाइलग सञ्जालमा राखे कानुनी कारबाही गरिने बोर्डको चेतावनी (सूचनासहित)

शुक्रबार, असोज १८, २०८१

काठमाडौं– सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्ममा प्रदर्शनमा आएका फिल्मको डाइलग, गीतलगायतका अंश राखिएको भेटेपछि चलचित्र विकास बोर्डले कारबाही गर्ने चेतावनीसहितको सूचना जारी गरेको छ। 

हालै प्रदर्शनमा आएको नेपाली फिल्म बेहुली फ्रम मेघौलीका पनि त्यस्ता दृश्य फेसबुक रिल्स, भिडिओ, टिकटक, इन्स्टाग्रामलगायतमा ब्यापक भएपछि विकास बोर्डले सूचना जारी गरी कानुनी प्रक्रियाका विषयमा सचेत गराएको छ। 

बिकास बोर्डले जारी गरेको सूचना 

 

नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना

  हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य -मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।अर्काको सिर्जना तथा सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा  दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाईएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्डजरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ।त्यसैले  चलचित्रघर भित्र मोबाईल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँदण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।

fdb-1728030135.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्