Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीपहिरोपछि मोबाइल नेटवर्कको समस्या समाधान गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

शुक्रबार, असोज १८, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले गत शुक्रबार र शनिबारको बाढीपहिरोपछि देखिएको मोबाइल नेट्वर्कको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपा उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोबाइल नेटवर्क कमजोर र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार उपसभापति अर्यालले विपद्पछि मोबाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण चाडपर्वका बेला घर जाने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्