Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिराटनगर तनावग्रस्त, प्रहरीले अश्रुग्यास चलाउन बाध्य पार्ने आन्दोलनको कारण

शुक्रबार, असोज १८, २०८१

मोरङ– शुक्रबार दिउँसो बिराटनगर तनावग्रस्त बनेको छ। रानीस्थित सडकमा स्थानीयवासीले प्रदर्शन गरेपछि भिड नियन्त्रणका लागि प्रहरी अश्रुग्यास चलाउन बाध्य भयो।

प्रदर्शनकारीले भन्सार कार्यालयमा तोडफोड गरेका छन्। स्थानीय आन्दोलनको कारणचाहिँ बिहीबार साँझ ट्रकको ठक्करबाट बृद्धको मृत्यु हुनु रहेको बताइएको छ।

बिहीबार बेलुका झण्डै ७ बजे ना४ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर–१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पु¥याएलगत्तै साहको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन्।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्