नेभिगेशन
समाज विविध

सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई महानगरले तिरायो जरिवाना

काठमाडौं– सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ। 

यात्रुलाई हिँड्न मुस्किल हुनेगरी सडक नियमको उल्लंघन गरेको कालिकाले दण्ड सजाय स्वरुप शुक्रबार १५ हजार रुपैंया जरिवाना महानगरपालिकाको खातामा जम्मा गरेको हो। 

सडक पेटी अनुशासन कायम गराउनका लागि महानगरले पहिला सूचीत गर्ने र नमानेको खण्डमा जरिवाना तिराउने गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा