Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैँका लागि काठमाडौँमा खसी,च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीको भनाइ

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ – दशैँका लागि काठमाडौँमा खसी, च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीले बताएका छन् । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता रहेको बेला कलङ्की खसी बजार व्यवस्थापन समितिले काठमाण्डौ उपत्यकामा विगत झैँ यसवर्ष पनि मासुको कमी हुन नदिने बताएको हो ।

कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले यसवर्ष पनि उपभोक्ताको माग पूरा गर्ने दाबी गर्नुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा मासुको व्यवस्थापन गर्न ३५/४० वटा जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्