Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभरका ३० ठाउँमा अझै सडक अवरुद्ध

शनिबार, असोज १९, २०८१

काठमाडौं - सडक विभागका अनुसार विभिन्न राजमार्गका ३० ठाउँमा सडक अवरुद्ध छ । त्यसमा बिपी राजमार्गको मात्रै १४ ठाउँमा सडक अवरुद्ध छ । त्यसमा भ्याकुरे खोला, चारसयबेँसी, माम्ती खोला, कालढुंगा, नार्केपुल क्षेत्र, बोक्सीकुना, काभ्रे भञ्ज्याङ, डालाबेँसी, चौकीडाँडा, आँपखोला, ग्याप्पेडाँडालगायत ठाउँ छन् ।

यस्तै, तमोर करिडोरको बराह क्षेत्र (मोरङ), कान्ति लोकपथको बागमती पुल (ललितपुर र मकवानपुरको सीमा), मेची राजमार्गको फिदिम (पाँचथर), अरनिको राजमार्गको लार्चा र लिपिङ (सिन्धुपाल्चोक), भेडेटार–राँके सडकको ओर्खे (धनकुटा) र मैदाने (पाँचथर), ठोरी–मलेखु–गल्छी–रसुवागढी सडकको भुटार (धादिङ) र खुर्काेट–मन्थली–तामाकोशीको सुनकोशी पुल (रामेछाप) अवरुद्ध । लार्चा, लिपिङ र सुनकोशी पुल बगाएर बाटो अवरुद्ध भएको हो ।

यस्तै, पुष्पलाल राजमार्गको खैरेनीघाट र खानीखोला (रामेछाप) अवरुद्ध छन् । यस्तै, खोटाङस्थित कदुवा खण्ड पनि अवरुद्ध छ ।

यस्तै, लहान–कदमाचोक–गाईघाट सडकको फोक्सिङटार खण्ड पनि अवरुद्ध छ । फोक्सिङटारको सुनकोशी पुल बगाएपछि सडक अवरुद्ध छ । यस्तै, सन्धिखर्क–देवस्थान–बुर्तिबाङ सडकको देवीस्थान (बागलुङ) खण्ड पनि अवरद्ध छ ।

सडक अवरुद्ध भएपछि अहिले काठमाडौंबाट बाहिरिने गाडीहरूले मुख्यतः नागढुंगा नाका नै प्रयोग गरेका छन् । त्यसमा हेटौँडा जाने गाडीहरू नौबिसेबाट त्रिभुवन राजपथतर्फ लाग्ने गरेका छन् । हेटौँडा जाने कतिपय गाडीहरू काठमाडौं–चन्द्रागिरि–चित्लाङ हुँदै पनि गएका छन् । उनीहरू महालक्ष्मी खोलाबाट त्रिभुवन राजपथ निस्कने गरेका छन् ।

नागढुंगामा सवारी चाप कम गर्न काठमाडौं–छहरे–गल्छी र सीतापाइला–रामकोट–धार्के रुट पनि प्रयोग गरिएको छ । विशेषगरी साना गाडीहरूले यो रुट प्रयोग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्