Nic Ad Nic Ad
Nic Ad Nic Ad

युद्धग्रस्त लेबनानमा १२ सय नेपाली कामदार, त्रासमा बिताउँछन् रात 

शनिबार, असोज १९, २०८१

काठमाडौं– लेबनानमा हिज्बुल्लाहमाथि सैनिक कारबाहीका क्रममा गोलाबारी गरिरहेको इजरायल थप आक्रामक देखिएको छ। बिहीबार राती पनि निरन्तर बेइरुतमा इजरायलको सैनिक कारबाही जारी रहेको थियो। 

लेबनानमाथि सैनिक कारबाहीले तिव्रता पाउँदा त्यहाँ रहेका नेपाली कामदारले भने त्रासमा रात काट्नु परेको छ। अब उनीहरू सुरक्षित रहेको भन्ने विषयमा आशंका कायम छन्। 

घरेलु कामदारलगायतका रुपमा बेइरुतलगायतका स्थानमा कम्तिमा पनि १२ सय नेपालीले काम गरिरहेको तथ्यांक पछिल्लो समय सार्वजनिक भएको छ। 

लेबनानलाई समेत हेरिरहेको इजिप्टस्थित नेपाली दूतावासले यस्तो तथ्यांक रहेको जानकारी दिएको हो। भारत, अमेरिकालगायतले आफ्ना नागरिकलाई उक्त क्षेत्र सुरक्षित नरहेको भनी फिर्ता बोलाइरहेका बेला नेपाल सरकारले भने खासै चासो दिएको प्रतीत भएको छैन। 

लेबनानमा ठूलो संख्यामा नेपाली सेनालगायत पनि संयुक्त राष्ट्र संघको सैनिकका रुपमा काम गरिरहेका छन्। उनीहरु पनि सुरक्षित अवस्थामा नरहेको बताइन्छ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्