Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड मत ल्याएर जितेको निर्वाचन क्षेत्रमा रास्वपा सभापतिलाई कार्यक्रम गर्न सकस पर्नुको कारण

शनिबार, असोज १९, २०८१

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई आफ्नै निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न सकस पर्न थालेको छ। कास्कीको पोखरामा भएको पार्टीको कार्यक्रममा बिरोधको सामना गरिसकेका लामिछाने चितवन–२ मा पर्ने मुग्लिङमा शुक्रबार विवादीत हुन पुगेका छन्। 

सहकारीको रकम अपचलन प्रकरणमा गोर्खा मिडियामा पुगेको रकम प्रयोजनमा लामिछानेको संलग्नता देखाउँदै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेपछि झनै सकस बढ्न थालेको हो। 

उनले बारम्बार सहकारी ठगीमा आफू संलग्न नरहेको तर समितिले रकम प्रयोजनमा नाम राखेर कारबाही सिफारिस गरेका कारण आफूलाई हुने दण्डको भागीदार बन्न तयार रहेको पनि बताइरहेका छन्। 

यद्यपि उनका सार्वजनिक कार्यक्रमस्थल बाहिर कालो ब्यानर र बिरोधसहितका नाराबाजी भने रोकिएका छैनन्। मुग्लिनमा पनि सोही प्रकारको दृश्य देखा परेको थियो। 

कालो ब्यानरमा विभिन्न नारा लेखी एउटा समूह कालो मास्कसहित नाराबाजीमा उत्रिँदा रास्वपा कार्यकर्तासँग घम्साघम्सी र भनाभन समेत भएको थियो। तर स्थितिलाई प्रहरीले सम्हालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

लामो समयसम्म बिरोध वा झडप हुने स्थिति हुन दिएनौं, त्यसलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो। चितवन–२ मा लामिछानेले गत निर्वाचन र उपनिर्वाचन दुवैमा गरी प्रचण्ड बहुमत ल्याएका थिए। अहिले सोही क्षेत्रमा उनको बिरोध सुरु हुन थालिसकेको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्